११ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खु क्षेत्रमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका अव्यवस्थित टहरा महानगरले भत्काएको छ ।
बल्खुको जनविकास माध्यमिक विद्यालय आसपासमा बाढी पीडित सुकुमवासीहरूले बनाएका अस्थायी टहरामाथि काठमाडौं महानगरपालिकाले बिहीबार डोजर चलाएको हो ।
प्रभावित परिवारहरूले भने बस्ती फर्कने व्यवस्था नभएकाले यो कदम अन्यायपूर्ण भएको बताएका छन् ।
महानगरका अनुसार यी टहराहरू सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका थिए । ती अस्थायी संरचनाका कारण विद्यालय सञ्चालनमा बाधा पुगेको महानगरको भनाइ छ ।
महानगरभित्र बनेका अनधिकृत संरचना हटाउने निरन्तर अभियान अनुसार नै बल्खु क्षेत्रमा बनाइएका अतिक्रमित टहराहरू भत्काइएको महानगरले जनाएको छ ।

प्रतिक्रिया 4