News Summary
Generated by OK AI. Editorially reviewed.- कोलम्बियाकी क्याटालिना डुकलेले टोकियोमा आयोजित मिस इन्टरनेसनल २०२५ को उपाधि जितेकी छिन्।
- ८० मुलुकका सुन्दरीले प्रतिस्पर्धा गरेको प्रतियोगितामा जिम्बाब्वेकी योलान्डा चिम्बारामी फस्ट रनरअप घोषित भएकी छिन्।
- नेपालबाट मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारीले प्रतिस्पर्धा गरेकी थिइन् तर अन्तिम २० मा स्थान बनाउन सकेनन्।
टोकियो । सौन्दर्य प्रतियोगिता ‘मिस इन्टरनेसनल २०२५’ को उपाधि कोलम्बियाकी क्याटालिना डुकले जितेकी छिन् ।
जापानको राजधानी टोकियोस्थित योयोगी राष्ट्रिय रंगशालामा आयोजित ग्रान्ड फिनालेमा ८० मुलुकका सुन्दरीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।
जिम्बाब्वेकी योलान्डा चिम्बारामी फस्ट रनरअप, बोलिभियाकी पाओला गुज्मान सेकेन्ड रनरअप, इन्डोनेसियाकी मेलिजा जेभियरा युलिआन थर्ड रनरअप, फिलिपिन्सकी मिरना एसगुएरा फोर्थ रनरअप घोषित भए ।
प्रतियोगिताको दौडमा शीर्ष २० प्रतियोगीले स्विमसूट र साँझको गाउन दुवै विधामा प्रतिस्पर्धा गरेका थिए, जसमध्ये शीर्ष १० ले दिगो विकास लक्ष्य पहलबारे सार्वजनिक भाषण गर्दै प्रतिस्पर्धा गरे ।
नेपालबाट यसवर्ष मिस नेपाल इन्टरनेसनल उरुषा भण्डारीले प्रतिस्पर्धा गरेकी थिइन् । नेपालले अन्तिम २० अर्थात सेमिफाइनलमा स्थान बनाउन सकेन ।


प्रतिक्रिया 4