१२ मंसिर, काठमाडौं । चक्कु देखाउँदै लुटपाट गर्ने समूहका तीन सदस्य पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा उदयपुरको मुकुर्चीका २० वर्षीय अमृत तामाङ, रामेछापको फुलासीका २६ वर्षीय सागर घिसिङ र सुनसरीको इनरुवाका ४५ वर्षीय पशुपति प्रजापति छन् । उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
यो समूह श्रंखलाबद्ध रुपमा लुटपाट गरेको आरोप छ । लुटपाटमा प्रयोग भएको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गरिएको परिसरका एसपी पवनकुमार भट्टराईले बताए ।
पक्राउ परेकाहरुविरुद्ध चोरी र डाँकाको कसुरमा पाँच दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।
उनीहरुबाट ३२ थान मोबाइल, सुनका सिक्री, चक्कु, नगद बरामद भएको छ ।
यो समूहले लगातर काठमाडौं उपत्यकाका विभिन्न ६ ठाउँमा श्रंखलाबद्ध रुपमा चोरी तथा लुटपाट गरेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया 4