१५ मंसिर, काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस–कम्युनिस्ट मिलेर मुलुकलाई ध्वस्त बनाएको आरोप लगाएका छन् ।
पार्टी निकट समाजवादी युवा संघ नेपालको केन्द्रीय समितिको पहिलो बैठकलाई सोमबार ललितपुरमा सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले गत ३५ वर्षसम्म कांग्रेस र कम्युनिस्ट शक्तिले मुलुकको शासन सञ्चालन गरे पनि शिक्षा, स्वास्थ्य तथा रोजगारीजस्ता क्षेत्रमा राज्यले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको बताए ।
उनले मुलुकमा भ्रष्टाचार, अराजकता र कमिशनतन्त्र मौलाउँदै गएको गएको भन्दै त्यसका विरुद्ध युवाहरू विद्रोहमा उत्रिएको बताए ।
उनले भने, ‘अहिले मुलुकको राजनीति अत्यन्त संकटमा छ । नेपालमा बुहदल व्यवस्था आइसकेपछि करिब ३५ वर्षसम्म कांग्रेस–कम्युनिस्टले शासन गरे । अरूले केही मन्त्रालय अथवा सहयोगी भूमिका निभाए । आज मुलुक शिक्षाको क्षेत्रका हिसाबले ध्वस्त भयो । स्वास्थ्यको क्षेत्रमा पनि त्यस्तै छ । युवाहरूलाई राम्रो शिक्षा र रोजगारी समेत दिन सकेनौं । ३५ वर्ष कम्युनिस्ट–कांग्रेसहरूको शासनमा गुणस्तरीय शिक्षा र रोजगारीको व्यवस्था पनि हुन सकेन । मुलुकमा भ्रष्टाचार, अराजकता, कमिशनतन्त्र बढेर गयो । जसको परिणाम युवाहरूले विद्रोह गरे । अब फेरि ती शक्तिहरूले केही गर्न सक्नेवाला छैनन् ।’
फेरि पनि पुरानै राजनीतिक शक्तिहरूबाट मुलुकले निकास पाउन नसक्ने उनको तर्क छ ।
प्रतिक्रिया 4