+
+
Shares

उखु किसान सबैभन्दा बढी अपहेलित भएका छन् : उपेन्द्र यादव

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १७:०५

१२ भदौ, काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले उखु किसान सबैभन्दा बढी अपहेलित भएको बताएका छन् ।

बिहीबार उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका अध्यक्ष यादवले सरकारले उखु किसानलाई दिनुपर्ने अनुदान तत्काल दिनुपर्ने बताए ।

अन्नदाता किसानलाई नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षा गरेको उनले आरोप लगाए ।

किसानमा पनि उखु किसान अझ बढी पेलानमा परेका उनको भनाइ छ ।

‘सरकारले उखु किसानलाई दिनुपर्ने जुन अनुदान हो, त्यो दिनपर्दछ । र समग्र रुपमा हेर्दाखेरी किसान भनेको अन्नदाता हुन् । जसले अन्न उत्पादन गर्छन्, अरुलाई बचाउँछन् । संसारलाई पाल्छन् । तिनकैप्रति राज्यको कुनै नीति नै छैन,’ उनले भने, ‘कुनै निति छैन, कुनै योजना छैन । न किसानहरुको उत्पादनको अधिकारका लागि न कुनै व्यवस्था नै छ । अहिले नेपालमा राज्यले सबैभन्दा बढी उपेक्षित गरेको क्षेत्र भनेको किसान हो । किसानमा पनि उखु किसान त झन सबभन्दा बढी अपहेलित भएको छ ।’

किसानले उत्पादन गरेको उखु किनेर मिल सञ्चालक धनी हुने तर किसानले समयमा मूल्य नपाउने अवस्था रहेको उनले बताए । सरकारले उखु किसानलाई तत्काल रकम भुक्तानी गर्नुपर्नेमा उनको जोड थियो ।

‘किसानहरूलाई दिनुपर्नेमा समयमा न उचित मुल्य पाएको छ, न तोकेको रकम पाएको छ । वर्षौंसम्म किसानलाई पेलिराखेको हुन्छ,’ उनले भने । यादवले सरकारले तत्काल गर्नुपर्ने दुईवटा काम अविलम्ब गनुपर्ने उनले बताए ।

एउटा, दिनुपर्ने अनुदान तुरुन्त निकासा गर्ने, उखु किसानलाई उपलब्ध गराउने ।

दोस्रो, किसानले उखु मिलमा पुर्‍याएपछि निश्चित तोकेको १५ दिन, एक महिनाभित्र मिलले त्यसको भुक्तानी गर्नुपर्ने ।

यी दुई काम नगरेर उखु किसानले हर्जना र ब्याज समेत पाउनुपर्ने तर्क यादवको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?