+
+
Shares

गुप्तचर विभागका तत्कालीन प्रमुख थापाको स्थानहद फुकुवा

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १८:१६

१५ मंसिर, काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग (राअवि) का पूर्वप्रमुख हुतराज थापालाई लगाइएको स्थानहद फुकुवा भएको छ ।

जेनजी आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले उनीमाथि लगाइएको स्थानहद फुकुवा गरेको हो ।

जेनजी आन्दोलनका बेला थापा राअवि प्रमुख थिए । उनलाई आयोगले बयान पनि लिएको थियो ।

उनीसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक लगायतलाई स्थानहद लगाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?