+
+
Shares

पूर्व-पश्चिम एसियन राजमार्गको प्रगति २५ प्रतिशत मात्र, भौतिक मन्त्री असन्तुष्ट

अनलाइनखबर अनलाइनखबर
२०८२ मंसिर १५ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्माणाधीन पूर्व-पश्चिम एसियन राजमार्गको भौतिक प्रगति २५ प्रतिशत मात्र पुगेको छ।
  • भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले कामको गति बढाउन जनशक्ति थप गर्न आग्रह गर्नुभएको छ।
  • काँकडभिट्टादेखि सुनसरीको ९५ किलोमिटर सडक स्तरोन्नति भइरहेको छ, जसमा १३४ वटा कल्भर्ट र वन्यजन्तुमैत्री अण्डरपास निर्माण हुनेछन्।

१५ मंसिर, काठमाडौं । निर्माणाधीन पूर्व-पश्चिम एसियन राजमार्गको भौतिक प्रगति २५ प्रतिशत मात्र पुगेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गरेको स्थलगत निरीक्षणका क्रममा सो जानकारी दिइएको हो ।

एसियाली विकास बैंकको सहुलितपूर्ण ऋण सहयोगमा झापाको काँकडभिट्टादेखि सुनसरीको लबिपुरसम्म ९५ किलोमिटर सडक एसियन राजमार्गको मापदण्ड बमोजिम स्तरोन्नति भइरहेको छ । आयोजनाको समग्र निर्माण प्रगति २५ प्रतिशत मात्र छ ।

मन्त्री घिसिङले इटहरीदेखि बिर्तामोडसम्मको सडक निर्माण प्रगति, निर्माणमा देखिएका समस्या, समस्या समाधानका लागि गर्नुपर्ने काम लगायतका विषयमा सडक विभागका महानिर्देशक, आयोजना प्रमुख, परामर्शदाता र निर्माण व्यवसायीसँग छलफल गरे ।

मन्त्री घिसिङले सडक स्तरोन्नति जुन गतिमा हुन पर्ने हो, त्यसअनुसार काम हुन नसकेको देखिएको बताए । हिउँद सुरु भएसँगै कामको गति बढाउनु पर्ने उपयुक्त मौसम भएको उल्लेख गर्दै मन्त्री घिसिङले जनशक्ति थप गरी कामको गति बढाउन आग्रह गरे ।

सडकको दायाँबायाँ रहेको विद्युत् पोल सार्न केही समस्या देखिएको भन्दै उनले समस्या समाधानका लागि नेपाल विद्युत् प्राधिकरणसँग आवश्यक समन्वय गरी निर्माण प्रभावित हुन नदिने उनले बताए ।

सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ । काँकडभिट्टादेखि झापाको केरखा सितापुरीसम्म ४५ किलोमिटर खण्डको निर्माण प्रगति २९ प्रतिशत छ । यो खण्ड निर्माणका लागि कात्तिक २०८० मा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।

सितापुरीदेखि सुनसरीको लबिपुरसम्म ५० किलोमिटर सडकको निर्माण प्रगति १३ प्रतिशत मात्र छ । आयोजनामा १३४ वटा कल्भर्ट तथा वन्यजन्तुमैत्री अण्डरपास, ७ वटा सवारी अण्डरपास, ५ वटा आकाशे पुल लगायतका सडक संरचना निर्माण हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?