News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंकले हेमन्तप्रसाद बस्याललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) तोकेको छ।
- सञ्चालक समितिको बैठकले बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।
- हालका सीईओ सुन्दरप्रसाद कँडेलको चार वर्षे कार्यकाल मंसिर २६ देखि सकिँदैछ।
१७ मंसिर, काठमाडौं । सिद्धार्थ बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ)मा रामेश्वर प्रसाद बस्याललाई तोकेको छ ।
मंगलबार साँझ बसेको सञ्चालक समिति बैठकले बस्याललाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो । उनी बैंकको डेपुटी सीईओ हुन् ।
हालका सीईओ सुन्दरप्रसाद कँडेलको ४ वर्षे कार्यकाल आगामी मंसिर २६ देखि सकिँदैछ । उनी २०७८ मंसिरमा सीईओ नियुक्त भएका थिए ।
त्यसअघि डेपुटी सीईओ रहेका कँडेललाई नै बैंकले कामु सीईओको जिम्मेवारी दिई पछि सीईओ नियुक्त गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4