+
+
Shares

सिद्धार्थ बैंकको लाभांश घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २२ गते १२:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सिद्धार्थ बैंकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
  • बैंकले कुल १ अर्ब ४८ करोड रुपैयाँ बराबरको लाभांश प्रदान गर्ने जनाएको छ।
  • घोषित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि प्रदान हुनेछ।

२२ असोज, काठमाडौं । सिद्धार्थ बैंकले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ ।

कम्पनीको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट ५ प्रतिशत बोनस सेयर र करसहित ५.५३ प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।

कुल १ अर्ब ४८ करोड रुपैयाँ बराबरको लाभांश प्रदान गरिने बैंकले जनाएको छ । हाल बैंकको चुक्ता पूँजी १४ अर्ब ८ करोड रुपैयाँ छ । घोषित लाभांश राष्ट्र बैंकको स्वीकृति र आगामी साधारणसभाबाट पारित भएपछि प्रदान हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?