News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा नाफा २०.७ प्रतिशतले बढेर २ अर्ब १ करोड रुपैयाँ पुगेको छ।
- बैंकको वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६२ पैसा पुगेको छ, जुन अघिल्लो वर्षको १५ रुपैयाँ १३ पैसा थियो।
- निष्क्रिय कर्जा ४.०४ प्रतिशतबाट घटेर ३.७१ प्रतिशत पुगेको र आधार दर ५.२४ प्रतिशतमा झरेको छ।
१५ वैशाख, काठमाडौं । सिद्धार्थ बैंकको नाफा चालु आव तेस्रो त्रैमासिक अवधिमा २०.७ प्रतिशत बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म (९ महिना)मा बैंकले २ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।
गत आवको यसै अवधिमा यस्तो नाफा १ अर्ब ६६ करोड थियो । खुद ब्याज आम्दानी सामान्य बढेको छ र लोन लस प्रोभिजन (इम्पेरमेन्ट चार्ज) केही घटेका कारण बैंकको खुद नाफा बढेको छ ।
नाफासँगै प्रतिसेयर आम्दानी बढेको छ । बैंकको वार्षिक प्रतिसेयर आम्दानी १७ रुपैयाँ ६२ पैसा छ, पहिले यस्तो आम्दानी १५ रुपैयाँ १३ पैसा थियो। बैंकको वितरणयोग्य नाफा ३ अर्ब रुपैयाँ छ । प्रतिसेयर वितरणयोग्य नाफा २०.९८ रुपैयाँ हो । बैंकको प्रतिसेयर नेटवर्थ २१६ रुपैयाँ ७३ पैसा छ । १८ अर्ब २९ करोड चुक्ता पूँजी तथा जगेडा कोषको आकार १७ अर्ब २६ करोड छ ।
बैंकको निष्क्रिय कर्जामा सुधार भएको छ । पहिले निष्क्रिय कर्जा ४.०४ प्रतिशत रहेकोमा चैत मसान्तसम्म ३.७१ प्रतिशतमा झरेको छ । आधार दर घटेर ५.२४ प्रतिशतमा छ।
प्रतिक्रिया 4