News Summary
Generated by OK AI. Editorially reviewed.- सिद्धार्थ बैंक लिमिटेडले ग्लोबल मनी विक २०७९ को अवसरमा सात प्रदेशका ३८ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ।
- मार्च १६ देखि २२ सम्म मनाइएको ग्लोबल मनी विकको नारा ‘स्मार्ट मनी टक्स’ रहेको थियो र २ हजार १७१ जना विद्यार्थीले कार्यक्रममा सहभागिता जनाएका थिए।
- बैंकले ४७८ जना विद्यार्थीलाई विभिन्न शाखाको भ्रमण गराएर आधारभूत बैंकिङ सञ्चालन पद्दतिबारे जानकारी गराएको छ।
१० चैत, काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरूलाई वित्तीय रूपमा सक्षम र सचेत बनाउने उद्देश्यले ग्लोबल मनी विक अवसरमा विविध कार्यक्रम आयोजना गरेको छ । मार्च १६ देखि २२ सम्म मनाइएको ग्लोबल मनी विकको अवसरमा साताभर विविध कार्यक्रम भएका छन् ।
यस वर्षको ग्लोबल मनी विकको नारा ‘स्मार्ट मनी टक्स’ रहेको थियो । बैंकले सात प्रदेशका विद्यालय तथा क्याम्पस गरी ३८ स्थानमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको थियो ।
बैंकिङ सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराई विद्यार्थीमा वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने प्रयास गरिएको बैंकले जनाएको छ ।
बैंकका अनुसार यी कार्यक्रममा २ हजार १७१ जना विद्यार्थीको सहभागिता रहेको थियो । ‘साथै बैंकको आधारभूत बैंकिङ सञ्चालन पद्दतिबारे जानकारी गराउने उद्देश्यले ४७८ जना विद्यार्थीलाई विभिन्न शाखाको भ्रमण कार्यक्रम पनि गरिएको थियो’ बैंकले जारी गरेको विज्ञप्तिमा भनेको छ ।
प्रतिक्रिया 4