१७ मंसिर, सुर्खेत । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश सभा संसदीय दलका नेता राजकुमार शर्माको राजीनामा स्वीकृत भएको छ । माओवादी केन्द्र प्रदेश सभा संसदीय दलको बुधबार बसेको बैठकले शर्माको राजीनामा स्वीकृत गरेको प्रदेश सभा सदस्य रणसिंह परियारले जानकारी दिए ।
प्रमुख सचेतक कृष्णबहादुर जिसीको अध्यक्षतामा बसेको दलको बैठकले छिट्टै दलको नेता तोक्ने निर्णय गरेको छ । नेता शर्माले बिहीबार बिहान मात्रै राजीनामा दिएपछि उनको राजीनामा स्वीकृत गरिएको हो ।
नेता शर्माले दलका सचेतक जिसीलाई सम्बोधन गरेर उनकै ह्वास्स एपमा राजीनामा पठाएका थिए । उनले राजीनामा दिनको कारण भने खुलाएका छैनन् । ‘म राजकुमार शर्मा नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभा दल नेताको पदबाट राजीनामा दिएको ब्यहोरा अवगत गराउँद छु,’ शर्माले राजीनामा पत्रमा लेखेका छन् ।
कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री समेत हरेका शर्मा रुकुम पश्चिम (ख)बाट प्रदेश सभामा निर्वाचित भएका थिए । उनी जनार्दन शर्माका भाइ नाता पर्छन् ।
पछिल्लो समय प्रचण्डको साथ छोडेका जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेपछि उनले दलको नेताबाट राजीनामा दिएको माओवादीका एक सांसदले बताए ।
४० सदस्य कर्णाली प्रदेश सभामा नेपाली काँग्रेसका १५, नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका १०, नेकपा एकीकृत समाजवादी र राप्रपाका एक/एक जना सांसद छन् । शर्माले पार्टी छाडे पनि पछिल्लो समय माओवादी र एकीकृत समाजवादी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टी एक भएपछि अव सो पाटीमा १३ जना नै सांसद रहने छन् ।
एकीकृत समाजवादीकी सांसद कल्याणी खड्का समेत माओवादी केन्द्र संसदीय दलको बैठकमा सहभागी भएकी थिइन् । बैठकमा माओवादी केन्द्रका प्रदेश इन्चार्ज कालीबहादुर मल्ल समेत सहभागी थिए ।
यस अधि कर्णालीमा जनार्दन शर्मा प्यानको पार्टी प्रदेश सभामा पकड थिए । प्रदेश सभाका १३ जना सांसद मध्य ११ जना शर्माको पक्षमा उभिएका थिए । तर जनार्दनले पार्टी छोड्दा उनको पक्षमा राजकुमार शर्मा मात्रै उभियाका छन् ।
बुधवारको बैठकमा शर्मा बाहेक दलको सबै सांसदहरू सहभागी थिए ।
जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टीमा लागेपछि उनले दलको नेताबाट राजीनामा दिएको माओवादीका एक सांसदले बताए ।
प्रतिक्रिया 4