+
+
Shares

माइतीघरबाट पक्राउ परेका रविकिरण हमालसहितलाई प्रहरीले छोडिदियो

माइतीघरमा प्रदर्शन गरेका रविकिरण हमालसहितलाई प्रहरीले केहीबेर नियन्त्रणमा राखेर छोडिदिएको छ । 

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ७ गते १३:३७

७ पुस, काठमाडौं । माइतीघरमा प्रदर्शन गरेका रविकिरण हमालसहितलाई प्रहरीले केहीबेर नियन्त्रणमा राखेर छोडिदिएको छ । सर्वपक्षीय सरकार गठनको माग गर्दै मिराज ढुंगानासहितका युवाहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका  गरेका थिए । उक्त प्रदर्शनमा सामेल भएका हमालसहित ५ जनालाई केहीबेरअघि नियन्त्रणमा लिएको थियो ।

प्रदर्शनमा सहभागीहरूले सर्वपक्षीय सरकार गठन गरेपछि मात्रै चुनाव हुनुपर्ने माग गरेका छन् । उनीहरूले ‘जेनजीको माग चुनाव होइन, सुशासन हो,’ लेखिएका प्लेकार्ड बोकेका छन् । ढुंगानासहितले प्रहरीसमक्ष सामूहिक गिरफ्तारी दिने तयारी गरे पनि प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय क्षेत्रमै रोकिदिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?