७ पुस, काठमाडौँ । राष्ट्रियसभाका पूर्वसदस्य राधेश्याम अधिकारीले फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब कानुन संशोधन गर्ने समय नै नभएको बताएका छन् ।
सोमबार सिंहदरबारमा निर्वाचन व्यवस्थापन विषयमा आयोजित सर्वपक्षीय छलफलमा उनले अहिले संशोधनका लागि समय नभएको तर आवश्यक कानुन संशोधन भइरहेको बताएका हुन् ।
‘यसबारे पहिले पनि छलफलमा भएकै थियो । निर्वाचन ऐन बनाउँदा पनि कुरा आएको थियो । हामी भर्खरै चुनावमा लागिरहेका छौँ,’ उनले भने, ‘चुनावमा जाँदा यो अभियान बोझिलो, धारिलो होला, भारी पर्ला, मतदानमा प्रोत्साहित गर्नुपर्छ भनेर नराखेको हो ।’
उनले हालेको भोट पनि बदर हुने अवस्था रहिरहँदा नो भोटको व्यवस्था राख्न नहुने तर्क गरे ।
‘अहिले नोट भोट राख्दा के हुन्छ । नराख्दा के हुन्छ भन्ने विचार गरौँ । एक त हालेको मत ६ प्रतिशत बढी बदर हुने अवस्था छ,’ उनले भने, ‘त्यसमाथि नो भोट राख्दा के होला ?’
प्रतिक्रिया 4