९ पुस, काठमाडौं । अन्तर्राष्ट्रिय डेरी एक्स्पो २०८२ माघ २५ गतेदेखि चितवनको भरतपुरमा आयोजना हुने भएको छ ।
चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ र चितवन उद्योग संघले चितवनमा पत्रकार सम्मेलन गर्दै डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ पुस २५ देखि २९ गते सम्म अन्तर्राष्ट्रिय डेरी एक्स्पो आयोजना गर्न लागिएको जनाएको हो ।
दुग्ध उत्पादन सहकारी संघ, चितवनका अध्यक्ष किशोर बगालले दुग्धजन्य उत्पादनको व्यवसायीकतामा लागेका किसानहरुलाई प्रोत्साहन गर्ने उदेश्यका साथ एक्स्पो आयोजना गरिएको बताए ।
उत्पादनको हिसाबले आत्मनिर्भर हुँदै गरेको दूधवाट विभिन्न औधोगिक उत्पादन गर्ने प्रयोजनका लागि किसानहरुलाई मेशिन उपकरणको अवलोकनको अवसर प्रदान गर्न पनि एक्स्पो उपयोगि हुने उहाले बताए ।
त्यस्तै चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले अन्तर्राष्ट्रिय डेरी एक्स्पोले दुग्ध किसानहरूलाई नयाँ प्रविधि र व्यवसायीक दुग्ध किसान बन्नका लागि सहयोग पुग्ने बताए ।
प्रतिक्रिया 4