+
+
Shares

आयोगमा राष्ट्रिय सभा चुनाव लक्षित सुरक्षा ब्रिफिङ

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १३ गते १७:५५

१३ पुस, काठमाडौं । राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगको कार्यालयमा सुरक्षा निकायका प्रतिनिधिहरू बोलाएर छलफल गरिएको छ ।

आयोगले चार वटै सुरक्षा निकायका प्रतिनिधिलाई बोलाएर आाइतबार आयोगमा करिब १ घण्टा सुरक्षाबारे ब्रिफिङ लिएको हो । ११ माघमा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ । त्यसैमा आधारित रहेर आयोगले आज छलफल गरेको हो ।

कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, गृह सचिव रामेश्वर दंगाल, रक्षा सचिव केदारनाथ शर्मा, नेपाली सेनाका रथी प्रदीपजंग केसी, नेपाल प्रहरीका एआईजी उमा चतुर्वेदी, सशस्त्रका एआईजी गणेश ठाडा मगर, राष्ट्रिय अनुसन्धान विभागका एआईजी ओम जोशी छलफलमा सहभागी थिए ।

यही १६ पुसदेखि सात वटै प्रदेश कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय राखेर राष्ट्रिय सभाको निर्वाचन तयारी सुरु गरिँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?