+
+
Shares

वाणिज्य बैंक कर्मचारी संघको अध्यक्षमा चौलागाईं

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा रविन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष १४ गते १:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा रविन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन्।
  • संघको १२ औं महाधिवेशनमार्फत चौलागाईं नेतृत्वको ४१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ।
  • अध्यक्ष चौलागाईंले राष्ट्रिय वाणिज्य बैंक र कर्मचारीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

१४ पुस, काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको अध्यक्षमा रविन्द्रप्रसाद चौलागाईं निर्वाचित भएका छन् । संघको १२ औं महाधिवेशनमार्फत चौलागाईं नेतृत्वको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो ।

नेपालगञ्जमा भएको महाधिवेशनमार्फत संघको वरिष्ठ उपाध्यक्षमा कविराज बराज, महासचिवमा ऋषिराम ज्ञवालीसहित ४१ सदस्यीय केन्द्रीय समिति निवार्चित भएको छ ।

अध्यक्ष चौलागाईंले आफू नेतृत्वको समितिले राष्ट्रिय वाणिज्य बैंक र कर्मचारीको हितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?