+
+
Shares

फागुन २१ मा चुनाव गर्नुको विकल्प छैन : रिजाल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २६ गते १९:३०

२६ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले फागुन २१ मा निर्वाचन गर्नुको विकल्प नरहेको बताएका छन् ।

संविधान र लोकतन्त्र दुवैको रक्षाका लागि पनि तोकिएको मितिमा निर्वाचन गर्नैपर्ने नेता रिजालको जिकिर थियो ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रिजालले संविधानलाई पूर्ण रुपमा क्रियाशील गराउन प्रतिनिधिसभा चाहिने भएकाले पनि मुलुकमा निर्वाचन हुनैपर्ने बाध्यकारी अवस्था रहेको तर्क समेत गरे ।

संविधान नयाँ बनाउने भन्ने कुरामा अलमल आवश्यक नभएको पनि उनले स्पष्ट पारे ।

‘नयाँ अभिमत आवश्यक छ । नयाँ अभिमत लिनलाई फागुन २१ को चुनावमा जानु पर्दछ । फागुन २१ मा चुनाव सम्पन्न गर्‍यौं भने फर्केर आएको प्रतिनिधिसभा क्रियाशील भएपछि संविधान पूर्ण रुपमा क्रियाशील हुन्छ,’ रिजालको तर्क छ, ‘अहिले अरु केही पनि अलमलको काम गर्‍यौ भने संविधानले पनि काम गर्न नसक्ने अवस्था आउन सक्छ । यो संविधान जोगिने, लोकतन्त्र जोगिने अरुले हुन्न । त्यसैले निर्वाचनमा जानुकै उपयुक्त हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?