+
+
Shares

पार्टी क्रिटिकल अवस्थामा पुग्यो : विजय गच्छदार

नेपाली कांग्रेसका नेता विजय गच्छदारले पार्टी गम्भीर संकटको अवस्थामा पुगेको बताएका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २९ गते १४:२०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेता विजय गच्छदारले नेपाली कांग्रेस गम्भीर संकटमा पुगेको र पार्टीभित्र पनि यो अवस्था महसुस भइरहेको बताए।
  • गच्छदारले देश संकटमा कांग्रेसको अहम भूमिका रहेको र पार्टीमा विभाजन हुनु नहुने बताए।
  • उनले विशेष महाधिवेशनले पार्टीलाई विभाजनमा पुर्‍याउनु नहुने र असहज अवस्था सिर्जना भएको चिन्ता व्यक्त गरे।

२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता विजय गच्छदारले पार्टी गम्भीर संकटको अवस्थामा पुगेको बताएका छन्। उनले पार्टीभित्र पनि यो अवस्था महसुस भइरहेको उल्लेख गर्दै आफूले विगतमा पार्टी विभाजन भोगेको र बुझेको अनुभव रहेको बताए।

‘पार्टी क्रिटिकल अवस्थामा गएको छ। भित्र पनि महसुस छ। म पार्टी विभाजन भोगेको बुझेको छु,’ पार्टी कार्यालय सानेपामा पत्रकारहरूसँग गच्छदारले भने।

उनले देश संकटमा पुगेको बेला कांग्रेसको अहम भूमिका रहेको उल्लेख गर्दै अहिलेको अवस्था संकटको सामना गर्नुपर्ने परिस्थिति भएको बताए। ‘देश संकटमा पुगेको बेलामा कांग्रेसको अहम भूमिका छ। यो संकटको सामना गर्ने परिस्थितिमा कांग्रेसमा विभाजन हुनहुन्न,’ उनले भने।

गच्छदारले आफू दुवै पक्षसँग कुरा गर्ने भूमिका खेलिरहेको स्पष्ट पारे। ‘दुवै पक्षसँग कुरा गर्ने भूमिका खेलिरहेको छु,’उनले भने।

विशेष महाधिवेशनको उनले आफू त्यसको विरोधी नभएको बताए। ‘म कुनै पनि विशेष अधिवेशनको विरोधी पनि होइन । कात्तिक २६ मा मैले हुनुपर्छ भनेर राखेको हो’ उनको भनाइ छ।

उनले पार्टीको संकट समाधानका लागि विशेष महाधिवेशन चारैतिर मिलाएर गर्न सकिएको भए राम्रो हुने धारणा राखे। ‘पार्टीको संकटको सामना विशेष महाधिवेशन गर्न चारैतिर मिलाएर गर्दा राम्रो हुने थियो’ उनले भने।

विशेष महाधिवेशनले पार्टीलाई विभाजनमा पुर्‍याउ नहुने उनको भनाइ छ। ‘विशेष महाधिवेशनले पार्टीलाई विभाजनमा पुर्‍याउनु हुँदैन’ गच्छदारले भने ।

तर उनले विशेष महाधिवेशनकै कारण असहज अवस्था सिर्जना भएकोप्रति चिन्ता व्यक्त गरे। ‘विशेष महाधिवेशनले असहज अवस्था जन्माएको छ। त्यसले संकटमा धकेल्ने अवस्था नबनोस्’ उनले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?