२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस पूर्वपदाधिकारीमा विजय गच्छदार चुनावअघि महाधिवेशनको पक्षमा खुलेका छन् ।
केन्द्रीय समितिको बैठकमा बुधबार बोल्ने क्रममा गच्छदारले पुस मसान्तसम्म नियमित महाधिवेशन गर्न सकिने विचार राखेका हुन् ।
कांग्रेसका सात पूर्वपदाधिकारी चुनावअघि महाधिवेशन हुन हुँदैन लागेको चर्चा भइरहको बेला त्यसमध्येका एक गच्छदारले १५औं महाधिवेशन पुसको अन्तिमसम्म गर्न सकिने विकल्प अघि सारेका हुन् ।
केन्द्रीय समितिको जारी बैठकमा गच्छदारले भने, ‘महाधिवेशनको विषयमा विवाद गरेर होइन । एक भएर निर्णयमा पुग्नुपर्दछ । विशेष महाधिवेशनमा जानुहुन्न । बरु, नियमित महाधिवेशन पुस मसान्तमा गर्न सकिन्छ ।
पार्टीभित्र सहमति गरेर पुस मसान्तसम्म महाधिवेशन गर्न सहमति गरेर कार्यतालिका ल्याउन उनले पार्टी नेतृत्वलाई आग्रह गरे ।
सात पूर्वपदाधिकारी मध्ये चुनाव अघि महाधिवेशन गर्न नहुने पक्षमा मुख्यगरी कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंह देखिएका छन् ।
प्रतिक्रिया 4