२९ पुस, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ निर्वाचन आयोगमा जाने बताएका छन् ।
मंगलबार काठमाडौंमा विशेष महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै उनले नेतृत्व चयन गरिसकेपछि प्रतिनिधिहरू घर फर्किन मिल्ने भएपनि आफूहरू निर्वाचन आयोग जानुपर्ने स्थिति रहेको बताए ।
‘यहाँबाट नेतृत्व चयन गरिसकेपछि तपाईंहरू कतिपय घर फर्किंदा होला तर हामीलाई निर्वाचन आयोगले पर्खिरहेको हुन्छ । विशेष महाधिवेशनबाट कस्तो नेतृत्व चयन गर्यो । के निर्णय लिएर आयो भनेर पर्खिरहेको होला । हामीले निर्वाचन आयोग पनि पुग्नुछ । हामीले सम्पूर्ण वैधानिक बन्दोबस्तका साथ सबै कुरा गरिसकेको कुरालाई पुर्याउनु छ,’ उनले भने ।
निर्वाचन आयोगले विशेष महाधिवेशनले के म्याण्डेट लिएर आयो भनेर पर्खिरहेको हुने जिकिर उनले गरे ।
‘तपाईंहरू कतिपय साथीलाई लाग्नसक्छ, मैले उम्मेदवारी दर्ता गरेको छु, मैले चुनाव लडेर मज्जैको मतले जित्नसक्छु भन्ने लाग्नसक्छ । तर तपाईंहरूलाई हामीले के भन्नुपर्ने हुनसक्छ भने उम्मेदवारी दर्ता त गर्नुभयो । सर्वसम्मत रुपमा आइदिनुस् भन्नुपर्ने हुनसक्छ,’ उनले भने ।
प्रतिक्रिया 4