+
+
Shares

अरु पार्टीको हालत देखिरहेका छौं, हामीले पनि सिक्नुपर्छ : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष ३० गते १८:३१

३० पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टी कुनै नेता विशेषको प्रचार गर्न नहुने बताएका छन् ।

नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपाल (एकता पक्षधर)सँगको समायोजन कार्यक्रममा बोल्दै उनले  पार्टीले सामूहिकतामा विश्वास गर्ने भएकाले पनि व्यक्तिको प्रचारमा जोड दिन नहुने बताए ।

सहसंयोजक नेपालले पार्टीका नेताहरूले गरेका राम्रा कामको प्रचार र नराम्रा कामको जिम्मेवारी लिने परिपाटी पनि स्थापित गरेर अघि बढ्न आवश्यक रहेको पनि बताए । एमालेप्रति लक्षित गर्दै व्यक्तिको प्रशंशा गर्दा पार्टीको हालत कमजोर हँदै गएको जिकिर उनले गरे ।

‘पार्टीमा राम्रो कामको प्रचार गर्नुपर्छ । कमजोरी भए जिम्मा लिनुपर्छ । कमजोरी भएका छन भने त्यसको जिम्मा लिनुपर्छ । यसको अर्थ यो होइन कुनै नेता विशेषको प्रचार । यो पार्टीको प्रचार हो । यो पार्टी सामूहिकतामा विश्वास गर्दछ । त्यसो हुनाले हामी विभिन्न पार्टीको हालत देखिरहेका छौं । त्यसबाट हामीले सिक्नुपर्ने आवश्यक्ता पनि छ,’ उनले भने ।

सहसंयोजक नेपालले पार्टीलाई जनताको आशा र भरोसाको केन्द्र बनाउने चुनौति रहेको उल्लेख गर्दै त्यसलाई सामना गरेर अघि बढने गरी अघि बढ्नुपर्ने बताए ।

‘विगतका एकताको प्रक्रियाबाट पनि हामीले सिक्नुपर्ने हुन्छ । जतिजति व्यक्ति, समूह, घटकहरु प्रवेश गर्दै जाने स्थिति बन्छ । त्यत्तिकै मात्रामा प्रशिक्षणको पनि आवश्यक्ता पर्दछ । प्रशिक्षण दिइसकेपछि एकरुपले अघि बढने स्थिति बन्छ । म यति भन्न चाहन्छु–नेपाली जनताको आशा, भरोसाको केन्द्र यस पार्टीलाई बनाउने कुरा पनि आगामी दिनमा चुनौतिपूर्ण छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?