+
+
Shares

माधव नेपालको प्रश्न- नयाँहरू हाम्रै सन्तान हुन्, किन डराउने ?

अनलाइनखबर अनलाइनखबर
२०८२ पुष २२ गते २०:४८

२२ पुस, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा सुसंस्कृत मानिसहरूको पार्टी भएको उल्लेख गर्दै पार्टीमा अरू सबै समाप्त होउन् भन्ने सोच नरहेको बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले मंगलबारको बैठकमा राष्ट्रिय सभा सदस्य निर्वाचनबारे केन्द्रित रहेको भन्दै मतभारको आधारमा अन्य दलहरूसँग सहकार्य हुने संकेत गरे । ‘हामी कसैप्रति पनि नकारात्मक टिप्पणी गर्दैनौँ । नेपाली संस्कृति पार्टीको संस्कार नै सुसंस्कृत छ । त्यसो भएको हुनाले हामी अरुको पदख्वाइँ गर्ने, निन्दा गर्ने, अरु सबै सिद्धिउन् भन्ने खालको सोच पनि राख्दैनौं । हामी फराकिलो हृदय भएका मानिसहरु हौं । नयाँ सबै देखिसकिएका छन्, हामीले नै जन्माएका सन्तान त हुन् नी । अनि किन डराउने ?,’ नेपालले भने ।

पार्टीले आफ्नो समय देश र जनताको सेवामा समर्पित गरेको भन्दै कसैसँग पनि डराउनुपर्ने अवस्था नरहेको बताउनु भयो । सबै राजनीतिक शक्ति र व्यक्तिले देश र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्नेमा उनको जोड छ ।

‘विचारमा, सिद्धान्तमा, काममा देखिएकै छन् । त्यसकारण हामीले आफ्नो समय देश र जनताको समर्पित गरेका छौँ । र सबैले देश र जनतालाई केन्द्रबिन्दुमा राखुन् भन्ने चाहन्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?