News Summary
Generated by OK AI. Editorially reviewed.- अस्ट्रेलियाले सन् २०२६ जनवरी ८ देखि नेपालसहित उच्च जोखिममा रहेका देशका विद्यार्थी भिसा प्रक्रियामा कडाइ गरेको छ।
- नेपालको भिसा जोखिम स्तर लेभल २ बाट लेभल ३ मा घटाइएको छ भने बंगलादेश र भुटानको स्तर पनि बढाइएको छ।
- भिसा प्रक्रियामा बैंक कागजात, शैक्षिक प्रमाणपत्र, भाषा र वित्तिय विवरणमा कडाइ गरिने र यसले समय र लागत बढ्न सक्ने छ।
३०, पुस, काठमाडौं । अस्ट्रेलियाले विद्यार्थी भिसाको जाँच प्रक्रियामा कडाइ गरेको छ । अस्ट्रेलियाको शिक्षा विभागले उच्च जोखिममा रहेका देशहरूको भिसामा कडाइ गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
जसमा नेपाल पनि परेको छ । नेपालसहित भारत, बंगलादेश र भुटानका विद्यार्थीका लागि भिसा जाँच प्रक्रिया कडा बनाएको हो । यी देशको विद्यार्थीको भिसा ‘हाइ रिस्क’मा राखिएको छ ।
भिसा प्रक्रिया रोकिएको भने होइन तर प्रक्रियाको लागि थप कागजात पेस गर्नुपर्ने छ । अस्ट्रेलियाले सन् २०२६ जनवरी ८ देखि नयाँ नीति लागू भएको समाचारमा जनाइएको छ । यो सँगै नेपालसहति जोखिममा राखिएको देशको लेभल पनि घटाइएको छ ।
घटुवामा पर्नेमा दक्षिण एसियाली देशहरू छन् । नेपालको लेभल २ बाट घटेर ३ मा पुगेको छ । भुटानको पनि २ बाट ३ लेभलमा पुगेको समाचारमा जनाइएको छ ।
बंगलादेश लेभल १ बाट लेभल ३ मा घटुवा भएको छ । श्रीलंका १ बाट लेभल २ मा झरेको छ । लेभल १ कम जोखि, लेभल २ मध्यम र लेभल ३ उच्च जोखिममा पर्छ ।
बैंकिक कागजात र शैक्षिक प्रमाणपत्रमा आशंका उब्जिएपछि अस्ट्रेलियाले यो नीति लिएको हो । अब पेस गर्ने कागजातको कडाइका साथ अध्ययन गरेपछि मात्र भिसा दिने छ । भाषा, वित्तिय विवरण, शैक्षिक प्रमाणपत्र र जान चाहनुको मनसायलगायतका वास्तिक प्रमाण आवश्यक पर्ने छ । यो प्रक्रियाले सयम लाग्ने र जानको लागि लागतसमेत बढ्न सक्ने छ ।
प्रतिक्रिया 4