+
+
Shares

बाजुरामा घरको छतबाट खसेर एक जनाको मृत्यु

रासस रासस
२०८२ माघ ३ गते १२:४१

३ माघ, बाजुरा । बडीमालिका नगरपालिकामा एक जनाको आफ्नै घरको छतबाट खसेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार सोही नगरपालिका-९ गैरीबजार बस्ने ७२ वर्षीया कमला लुहारको मृत्यु भएको हो ।

शुक्रबार साँझ उनी आफ्नै घरको छतबाट खसेकी हुन् ।  छिमेकीले उद्धार गरी उहाँलाई जिल्ला अस्पताल पुर्‍याएका थिए । चिकित्सकले उनलाई मृत्यु घोषणा गरेका थिए । शव परीक्षणका लागि सोही अस्पतालमा राखिएको छ ।––––

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?