२ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराएका छन् ।
उनले दाङ क्षेत्र नम्बर २ बाट उमेदवारी दर्ता गराएका हुन् ।
उनको प्रस्तावकमा केन्द्रीय सल्लाहकार परिषद् सदस्य शम्भु गौतम र समर्थकमा लुम्बिनी प्रदेश कमटिी सचिव लक्ष्मण आचार्य छन् ।
मनोनयन दर्तापपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै पोखरेलले देश र जनताकालागि आफ्नो उमेदवारी भएको बताए । दाङसँगै समग्र मुलुकको सम्वृद्विमा सधैं प्रतिवद्व रहने उनको भनाइ छ ।
२०५६ सालको चुनावमा काँग्रेस नेता कृष्णकिशोर घिमिरेसँग पराजित पोखरेल २०६४ को संविधान सभा चुनावमा समानुपातिक सांसद बनेका थिए ।
२०७० मा भएको दोस्रो संविधान सभा चुनाव भने उनी कांग्रेस नेता बुद्विराम भण्डारीसँग पराजित बने । २०७४ सालमा प्रदेश सांसदमा निर्वाचित भएका उनी लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बनेका थिए । २०७९ सालमा कांग्रेस–माओवादी गठबन्धनसँग पराजित महासचिव पोखरेल यसपटक जसरी पनि जित निकाल्नुपर्ने दबाबमा छन् ।
उनीसँग दाङ–२ मा कांग्रेसका किरणकिशोर घिमिरे,नेकपाका निर्मल आचार्य र रास्वपाका विपिन आचार्य प्रतिस्पर्धामा छन् ।
प्रतिक्रिया 4