+
+
Shares

नुवाकोट-२ मा खतिवडा, केसी, पाण्डे र लामिछानेको उम्मेदवारी दर्ता

रामहरि ओझा रामहरि ओझा
२०८२ माघ ६ गते १८:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नुवाकोट क्षेत्र नम्बर २ मा फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि प्रमुख चार दलका उम्मेदवारहरू दर्ता गरिएका छन्।
  • नेपाली कम्युनिष्ट पार्टीबाट हिरानाथ खतिवडा, नेपाली काँग्रेसबाट जगदिश्वर नरसिंह केसी, नेकपा एमालेबाट केशव पाण्डे र रास्वपाबाट डा. अच्युतम लामिछानेले उम्मेदवारी दर्ता गराएका छन्।
  • खतिवडा र पाण्डे पहिलोपटक प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दैछन् भने केसी पहिलोपटक प्रतिनिधि सभामा चुनावी मैदानमा उत्रिएका छन्।

६ माघ, नुवाकोट । आसन्न फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको लागि नुवाकोट क्षेत्र नम्बर २ मा सबैजसो राजनीतिक दलहरूले उम्मेदवारी दर्ता गराएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीबाट पूर्व सांसद हिरानाथ खतिवडा, नेपाली काँग्रेसबाट पूर्व सांसद जगदिश्वर नरसिंह केसी, नेकपा एमालेबाट प्रदेश पूर्वमन्त्री केशव पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा. अच्युतम लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् ।

नेकपाका खतिवडा र एमालेका पाण्डे पहिलोपटक प्रतिनिधिसभामा प्रतिस्पर्धा गर्दैछन् भने काँग्रेसका केसी संविधानसभा सदस्यका रुपमा यसअघि समानुपातिकमा निर्वाचित भएपनि प्रदेशसभामा गत निर्वाचनमा पराजित भएका थिए ।

उनी पहिलोपटक प्रतिनिधि सभामा चुनावी मैदानमा उत्रिएका हुन् । गत निर्वाचनसम्म उनका दाजु अर्जुननरसिंह केसी निर्वाचित हुँदै आएकोमा अहिले आफू समानुपातिकमा उम्मेदवार रहेर भाइका निम्ति मैदान खाली गरिदिएका छन् ।

यसैगरी रास्वपाका लामिछाने नयाँ अनुहारका रुपमा यस निर्वाचनमा सहभागी हुँदैछन् ।

लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?