+
+
WC Series
Nepal Women
68/9 (13.5)
VS
Scotland won by 72 runs
Won Scotland Women
140/10 (20)
Shares

‘वाटर बेबिज’ लेख्दै प्रियंकाले हालेको फोटोको किन यतिविधि चर्चा छ ?

धेरैले लुक्स, फिगर र ब्यूटीको प्रशंसा गरेका छन् भने कतिपयले अंग प्रदर्शन गरेको भन्दै गाली गरेका छन् । कतिपयले आमा प्रियंकाको यो शैलीबाट छोरीले के संस्कार सिक्लिन भन्दै आलोचना गरिरहेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १२ गते १५:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री प्रियंका कार्कीले पोखराको फेवाताललाई पृष्ठभूमि बनाएर ब्ल्याक कट-आउट-वान पिसमा फोटो सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्।
  • प्रियंकाको ती फोटोमा छोरी आयंकालाई पनि देख्न सकिन्छ र उनी रिल्याक्स तथा कन्फिडेन्ट देखिएकी छन्।
  • सामाजिक सञ्जालमा ती फोटोप्रति प्रशंसा र आलोचना दुवै देखिएको छ, कतिपयले अंग प्रदर्शन भन्दै आलोचना गरेका छन्।

काठमाडौं । अभिनेत्री, मोडल तथा ‘कन्टेन्ट क्रिएटर’ प्रियंका कार्की पछिल्लो समय चर्चामा छिन् । एकपछि अर्को गरि सामाजिक सञ्जालमा उनले पोस्ट गर्ने फोटो र भिडियोले नेटिजनको ध्यानाकृष्ट गरिरहेको देखिन्छ ।

उनले आइतबार पोस्ट गरेको फोटो यतिबेला चर्चामा छन् । ‘वाटर बेबीज’ क्याप्सन लेख्दै उनले पोखराको फेवाताललाई पृष्ठभूमिमा राखेर केही हट फोटोहरू सोसल मिडियामा सेयर गरेकी छन् ।

ब्ल्याक कट-आउट-वान पिस पहिरनमा प्रियंका हट देखिएकी छन् । रिसोर्टको टिरेसबाट खिचिएको ती फोटोमा छोरी आयंकालाई पनि देख्न सकिन्छ । क्लोज सटमा प्रियंका रिल्याक्स र कन्फिडेन्ट पनि देखिन्छिन् ।

यी फोटोलाई लिएर सामाजिक सञ्जाल प्रयोगकर्ता विभाजित देखिन्छन् । धेरैले लुक्स, फिगर र ब्यूटीको प्रशंसा गरेका छन् भने कतिपयले अंग प्रदर्शन गरेको भन्दै गाली गरेका छन् । कतिपयले यो आमा प्रियंकाको यो शैलीबाट छोरीले के संस्कार सिक्लिन भन्दै आलोचना गरिरहेका छन् ।

जेहोस्, पोखरामा खिचिएको प्रियंकाको ती फोटोहरूले सामाजिक सञ्जाल तातेको छ । भाइरलै बनेको भन्दा पनि हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?