News Summary
Generated by OK AI. Editorially reviewed.- अभिनेत्री प्रियंका कार्कीले भोटिङ र पैसाले निर्णय गर्ने रियालिटी शोको हिस्सा अबदेखि नहुने घोषणा गरिन्।
- प्रियंकाले 'स्टुडेन्ट अफ द इयर' शोको पत्रकार सम्मेलनमा भोटिङ हुने थाहा पाएपछि माइक तानेर कार्यक्रम छोडिन्।
- कन्टेन्ट क्रिएटर इभा गिरीले पनि भोटिङबारे थाहा नभएको बताउँदै यस्तो शोको हिस्सा नहुने अडान लिइन्।
काठमाडौं । अभिनेत्री प्रियंका कार्की हिजोआज रियालिटी शोसहितका टिभी कार्यक्रममा ब्यस्त छिन् । यसबीच, उनले एउटा महत्वपूर्ण घोषणा गरेकी छिन्- अबदेखि पैसा र भोटिङले निर्णय गर्ने शोको हिस्सा नहुने !
सन्दर्भ थियो- मंगलबार ‘स्टुडेन्ट अफ द इयर’ नामक शोको पत्रकार सम्मेलन । उक्त कार्यक्रममा प्रियंका र कन्टेन्ट क्रिएटर इभा गिरीलाई जजको रुपमा चिनाउने र बोल्ने कुरा तय थियो ।
पत्रकार सम्मेलनमा आयोजकसँग प्रश्नोत्तरको क्रममा एक आयोजकले शोमा भोटिङ पनि हुने बताए । उनी बोल्दै गर्दा प्रियंकाले माइक तानेर यदि शोमा भोटिङ छ भने आफूले यो शो गर्न नसक्ने बताइन् ।
केही बोलिसकेपछि उनी पत्रकार सम्मेलनको बीचबाटै उठेर हिँडिन् । प्रियंकाले पैसाको चलखेल हुने कार्यक्रममा आइन्दादेखि आफू हिस्सा नहुने समेत बताइन् । पैसाको चलखेल हुँदा वास्तविक प्रतिभाले मौका नपाउने यथार्थ देखेको बताउँदै उनले त्यस्ता शोका दोस्रो सिजनहरू आफूहरूले छाडेको समेत खुलाइन् ।
सो अवसरमा कन्टेन्ट क्रिएटर इभा गिरीले पनि भोटिङबारे आफूलाई थाहा नभएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘भोटिङ र पैसाले निर्णय गर्ने शोको हिस्सा अबदेखि बन्दिन । इमान्दारीपूर्वक भन्नुपर्दा, मैले पक्कै पनि अडान लिएकी हुँ ।’
कुनै नेपाली सेलिब्रेटीले पत्रकार सम्मेलनमा पैसाको चलखेल हुने गरेको आरोप लगाउँदै यसरी कार्यक्रम बहिष्कार गरेको यो सम्भवतः पहिलोपटक हुनुपर्छ ।
पत्रकार सम्मेलनमा प्रियंकाले के भनिन् ?
आइएम सो सरी ! म शुभकामना दिन चाहन्छु । यदि शोमा भोटिङ छ भने म यो शो गर्न सक्दिन । मेरो मन मर्या छ के दुई तीनवटा शोमा । यस्तो ट्यालेन्टेड मान्छेहरू, जहाँ पुग्नुपर्ने पुगेन किनभने पैसा छैन ।
मैले दुईतीन चोटी त यस्तो फाइट गर्या छु । म नाम लिन सक्छु ती शोहरूको । म रोको छु कन्टेस्टेन्ट सँगसँगै । आज मैले नाम मात्र लिइन । यदि यो भिडियो भोली भाइरल भयो भने, भाइबहिनीले आफै लेख्नुहुन्छ कि कमेन्ट्मा कि मैले कति फाइट गरेको छु ।
यसले गर्दा धेरै शोहरू निरन्तर गरेको छु, सिजन २ हरू मैले छोडेँ सबै । एउटा शो मैले अहिलेसम्म गरिराखेको रोडिज हो, किनभने त्यहाँ पैसाको चलखेल छैन ।
यदि तपाईंहरूले पैसासँगै रियालिटी शो गर्न चाहनुहुन्छ भने तपाईंको हकको कुरा हो । मैले भर्खरै इभालाई पनि सोध्दै गर्दा उसलाई पनि थाहा रहेनछ । मैले अनिल शाहलाई पनि जस्ट टेक्स्ट, उहाँलाई पनि थाहा रहनेछ के । तपाईंहरूको शो हो, तपाईंहरूले आफ्नो तरिकाले गर्ने अधिकार तपाईंहरू सबैलाई छ ।
भोटिङ र पैसाले निर्णय गर्ने शोको हिस्सा अबदेखि बन्दिन । इमान्दारीपूर्वक भन्नुपर्दा, मैले पक्कै पनि अडान लिएकी हुँ ।
प्रतिक्रिया 4