१२ माघ, काठमाडौं । काभ्रेपलाञ्चोकको चौंरी देउराली गाउँपालिका– ४ स्थित सालिमे छेडामा अवस्थित श्री सरस्वती माध्यमिक विद्यालयले ६१औँ वार्षिकोत्सव मनाएको छ ।
कार्यक्रममा विद्यालयका पूर्वविद्यार्थी, पूर्वशिक्षक, पूर्वप्रधानाध्यापक तथा अभिभावकहरूको सहभागिता थियो ।
कार्यक्रममा रोटरी क्लब काभ्रे र युवा व्यवसायी यनप्रसाद अधिकारीले विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेका थिए ।
विद्यालय प्राङ्गणमा शहीद कुमार चौलागाईं र सरला अधिकारीको शालिक समेत अनावरण गरिएको छ । माओवादी द्वन्द्वका क्रममा २०५५ साल १८ कात्तिकमा दुवै जना मारिएका थिए । उनीहरूलाई राज्यले शहीद घोषणा गरेको छ ।
सरला–कुमार स्मृति प्रतिष्ठानमार्फत १० लाख १ हजार ५ सय ५५ रुपैयाँ बराबरको अक्षय कोष समेत स्थापना गरिएको छ ।
साथै शहीदहरूको नाममा स्थापना गरिएको पुस्तकालयको पनि उद्घाटन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4