१६ माघ, काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डा अगाडि बम राखेको हल्ला फैलाएको आरोपमा पक्राउ परेका व्यक्ति प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार रहेको खुलेको छ ।
बम राखेको हल्ला फैलाएको सल्यानको साविक खलंगा गाविस–५ घर भइ काठमाडौं महानगरपालिका–१६ बस्ने ३० वर्षीय जुद्धबहादुर सिंह पक्राउ परेका थिए । नेपाली सेनाले पक्राउ गरेर उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको थियो ।
उनले जंगी अड्डा अगाडिको पेट्रोल पम्प अगाडि झोलामा बम राखेको भन्दै हल्ला फैलाएका थिए । झोला खोलेर हेर्दा इँटा फेला परेको थियो ।
अनुसन्धानको क्रममा उनीे आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारी दिएका व्यक्ति रहेको खुलेको काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले बताए ।
सल्यानबाट उनले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनले क्यालकुलेटर चुनाव चिह्न पाएका छन् ।
उनी अघिल्लो निर्वाचनमा पनि उम्मेदवार बनेका थिए ।
प्रतिक्रिया 4