+
+
Shares

जंगी अड्डामा पृतनापति समन्वयात्मक बैठक, समसामयिक सुरक्षामा छलफल

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २७ गते १४:१९

२७ काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डा भद्रकालीमा पृतनापति समन्वयात्मक बैठक सुरु भएको छ ।

मंगलबारबार नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुहरु र पृतनापतिहरुको सहभागितामा पृतनापति समन्वयतात्मक बैठक सुरु भएको हो । नियमित अर्ध वार्षिक रुपमा हुने बैठक रहेको जंगी अड्डाले बताएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतित्थ्यमा कार्यक्रम उद्घाटन भएको थियो । कार्यक्रममा प्रधानसेनापति अशोकराज सिग्देलले स्वागत मन्तव्य राखेका थिए ।

बैठकमा आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिती, सम्पादन गरेका कार्यहरुको समीक्षा एंव सुझावहरु प्रस्तुत गर्नुका साथै समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

कार्यक्रममा रक्षा सचिव केदारनाथ शर्मा, बलाधिकृत रथी, रथीहरू लगायत रक्षा मन्त्रालय तथा नेपाली सेनाका अधिकृतहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?