
News Summary
Generated by OK AI. Editorially reviewed.- सैनिक मुख्यालय जंगी अड्डामा ९ र १० असोजमा नियमित पृतनापति सम्मेलन सुरु भएको छ।
- प्रधानसेनापति अशोकराज सिग्देलले सम्मेलनमा समसामयिक सुरक्षा चुनौतीमा छलफल गर्नेछन्।
- सम्मेलनमा देशभर २३ र २४ भदौमा भएको जेनजी प्रदर्शनपछि सुरक्षा चुनौतीबारे पनि छलफल हुने छ।
९ असोज, काठमाडौं । सैनिक मुख्यालय जंगी अड्डामा पृतनापति सम्मेलन सुरु भएको छ ।
आज बिहीबारबाट सुरु भएको पृतनापति सम्मलेन भोलि शुक्रबारसम्म चल्ने छ । नेपाली सेनाको यो नियमित पृतनापति सम्मलने रहेको सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले बताए ।
‘यो नियमित सम्मेलन हो । वर्षको दुई पटक पृतनापति सम्मेलन हुन्छ,’ सहायक रथी बस्नेतले अनलाइनखबरसँग भने ।
उनका अनुसार सेना दिवसको अवसरमा र भदौ–असोजमा गरी दुई पटक सम्मेलन हुँदै आएको छ ।
सम्मेलनमा प्रधानसेनापति अशोकराज सिग्देलले पृतनापतिहरुसँग छलफल गर्नेछन् । समसामयिक सुरक्षा चुनौतीका विषमया पृतनापति सम्मेलनमा छलफल हुने बताइएको छ ।
२३ र २४ भदौमा देशभर भएको जेनजी प्रदर्शनपछि नेपालको सुरक्षा चुनौती बढेको छ । सम्मेलनमा यी विषयमा पनि छलफल हुनु स्वभाविक रहेको बताइन्छ ।
सम्मेलनमा पूर्वीपृतनाका प्रमुख गौरवकुमार केसी, मध्य पृतनाका हरेन्द्र पाठक, उपत्यका पृतनाका रवीन्द्र कार्की, पश्चिम पृतनाका मधुकर सिंह कार्की, मध्य पीश्चम पृतनाका प्रेम पुन, उत्तर पश्चिम पृतनाका दिपेशजंग शाह र सुदूरपश्चिम पृतनाका किरण केसी सहभागी छन् ।
उनीहरुले आ–आफ्नो क्षेत्रको बारेमा ब्रिफिङ गर्नेछन् ।
प्रतिक्रिया 4