१६ माघ, काठमाडौं । नेकपा एमालेले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा आगामी फागुनको पहिलो साता पार्टीको घोषणापत्र सार्वजनिक हुने जानकारी दिएका हुन् ।
‘पार्टीले फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक गर्नेछ । निर्वाचन आयोगले उम्मेदवारी दर्तापछि प्रचारको कार्यतालिका निकै पछि मात्र दिएको छ । आचारसंहितको कारणले अहिले उम्मेदवारहरूले प्रचारमा जान सक्नुभएको छैन,’ महासचिव पोखरेलले भने, ‘आयोगले तय गरेको कार्यतालिकाअनुसार प्रचारप्रसारको समय सुरु भएपछि उम्मेदवारहरू पार्टीको घोषणापत्र लिएर मतदातासमक्ष जानुहुनेछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4