१८ माघ, काठमाडौं । एक महिनासम्म चल्ने स्वस्थानी व्रत आज सम्पन्न भएको छ ।
स्वस्थानीका श्रद्धालुले एक महिना लामो कठोर व्रत आइतबार समापन गरेका हुन् । पौष शुक्ल पूर्णिमादेखि शुरू भएको व्रत आइतबार विधिवतरूपमा सम्पन्न भएको हो ।
विधिपूर्वक श्रीस्वस्थानी माताको पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।
स्वस्थानी व्रत अवधिभर र समाप्तिको दिन साँखुको शाली नदी, पशुपति, गौरीघाट, भक्तपुरको हनुमानघाट स्थित त्रिवेणीधाम लगायत स्थानमा श्रद्धालुको घुइँचो थियो ।
व्रतालुहरूले बिहान सबेरै भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीधाममा स्नान गरी माधवनारायणको विधिपूर्वक पूजा–अर्चना गरेसँगै एक महिने व्रत समाप्त गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4