१८ माघ, काभ्रेपलाञ्चोक । बीपी राजर्मागको भकुण्डे–मंगलटार खण्डको नमोबुद्ध ४ एक नम्बर पुलछेउमा सुक्खा पहिरो झरेपछि दुवैतर्फ सवारीसाधन रोकिएको छ ।
साँझ साढे सातबजेबाट सुक्खा पहिरो झर्न थालेको र अहिले पनि माथीबाट पहिरो झरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।
शाहका अनुसार पहिरो झर्न थालेपछि राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा रोक लगाएको र पहिरो रोकिने वित्तिकै तत्कालै एस्काभेटर प्रयोग गरी माटो पन्छाएर राजमार्ग खुलाउने जानकारी दिए ।
‘रातीको समय भएकोले पहिरो झरिरहेकोले सवारी राकिएको छ, पहिरो झर्न रोकिने वित्तिकै पन्छ्याउने कार्य हुन्छ । पहिरो रोकिने वित्तिकै खुलाउन निर्देशन भइसकेको छ,’ एसपी शाहले भने ।
पहिरो झरेपछि दुवैतर्फका सवारी रोकिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4