+
+
Shares

बीपी राजमार्गमा सुक्खा पहिरो, सडक अवरुद्ध

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १८ गते २०:५५

१८ माघ, काभ्रेपलाञ्चोक । बीपी राजर्मागको भकुण्डे–मंगलटार खण्डको नमोबुद्ध ४ एक नम्बर पुलछेउमा सुक्खा पहिरो झरेपछि दुवैतर्फ सवारीसाधन रोकिएको छ ।

साँझ साढे सातबजेबाट सुक्खा पहिरो झर्न थालेको र अहिले पनि माथीबाट पहिरो झरिरहेको जिल्ला प्रहरी प्रमुख एसपी कोमल शाहले जानकारी दिए ।

शाहका अनुसार पहिरो झर्न थालेपछि राजमार्गमा दुईतर्फी यातायात सञ्चालनमा रोक लगाएको र पहिरो रोकिने वित्तिकै तत्कालै एस्काभेटर प्रयोग गरी माटो पन्छाएर राजमार्ग खुलाउने जानकारी दिए ।

‘रातीको समय भएकोले पहिरो झरिरहेकोले सवारी राकिएको छ, पहिरो झर्न रोकिने वित्तिकै पन्छ्याउने कार्य हुन्छ । पहिरो रोकिने वित्तिकै खुलाउन निर्देशन भइसकेको छ,’ एसपी शाहले भने ।

पहिरो झरेपछि दुवैतर्फका सवारी रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?