+
+
Shares
ग्रामी अवार्ड :

ग्रामीमा केन्ड्रिक लामारको कीर्तिमान, जे-जीलाई उछिनेर जिते २७ अवार्ड

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ १९ गते १२:४२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • केन्ड्रिक लामारले यसवर्षको ग्रामीमा ५ वटा विधा जितेर सबैभन्दा बढी अवार्ड हात पारेका छन्।
  • उनले 'लुथर' गीतका लागि 'रेकर्ड अफ द इयर' सहित ९ विधामा मनोनयन पाएका थिए।
  • लामारले कुल २७ ग्रामी अवार्ड जितेर जे-जीलाई पछि पार्दै इतिहास रचेका छन्।

काठमाडौं । विश्व संगीतको शीर्ष अवार्ड मानिने यसवर्षको ग्रामीमा केन्ड्रिक लामारले वर्चस्व कायम राखेका छन् । उनले यस पटक पनि ५ वटा विधा जितेर आफ्नो वर्चस्व कायम राखे ।

उनले सबैभन्दा धेरै ९ विधामा मनोनयन पाएका थिए । अपेक्षा गरिए झैँ, उनले नै सबैभन्दा बढी ५ वटा अवार्ड जिते । यसमा एसजेडए सँगको सहकार्यमा तयार भएको चर्चित गीत ‘लुथर’ को लागि ‘रेकर्ड अफ द इयर’ पनि समावेश छ ।

यद्यपि, यस पटकको मुख्य ४ विधामा फरक-फरक कलाकारले अवार्ड हात पारेका छन् । ब्याड बनीले मुख्य विधा ‘एल्बम अफ द इयर’ जिते भने बिली आइलिसको ‘वाइल्ड फ्लावर’ ले ‘सङ अफ द इयर’ को उपाधि पायो । ओलिभिया डिनले ‘बेस्ट न्यू आर्टिस्ट’ को अवार्ड आफ्नो नाममा पारिन् ।

यो वर्ष लेडी गागाले ‘बेस्ट पप भोकल एल्बम’ (माहिम) र ‘बेस्ट डान्स पप रेकर्डिङ’ (अब्राकाडब्रा) विधामा दुईवटा अवार्ड जितिन् भने ब्याड बनीको एल्बम ग्रामी इतिहासमै ‘एल्बम अफ द इयर’ जित्ने पहिलो पूर्ण स्पेनिस एल्बम बन्यो ।

केन्ड्रिक लामारले ग्रामीमा रचे इतिहास

लामारले ग्रामीमा एउटा यस्तो सफलता हात पारेका छन् जुन अहिलेसम्म कुनै पनि र्‍याप कलाकारले गर्न सकेका थिएनन् । आजका चारवटा जितसँगै, ‘लुथर’ गीतका यी गायकले ग्रामीको इतिहासमै सबैभन्दा धेरै अवार्ड जित्ने ‘हिप–हप कलाकार’ को रूपमा जे-जीलाई पनि उछिनेका छन् ।

उनले ‘जीएनएक्स’ को लागि बेस्ट र्‍याप एल्बम, ‘टिभी अफ’ को लागि बेस्ट र्‍याप सङ, एसजीएसँगको “लुथर’ को लागि बेस्ट मेलोडिक र्‍याप पर्फर्मेन्स र ‘चेन एन्ड ह्विप्स’ मा फिचरिङका लागि बेस्ट र्‍याप पर्फर्मेन्स विधामा अवार्ड जिते ।

यी ट्रफीहरूसँगै लामारले अब कुल २७ वटा ग्रामी अवाड्र्स जितेका छन् । यसरी उनले २५ वटा अवार्ड जितेका चर्चित र्‍यापर जे-जीलाई पछि पार्दै इतिहास रचेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?