+
+
Shares

५० लाखभन्दा धेरै भ्यूज बटुलेको ‘जुरुक्क कर्णाली’ गीत फेसबुकबाट गायब

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २६ गते १४:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कलाकार मनोज गजुरेलले फेसबुकमा पोस्ट गरेको जागरण गीत 'जुरुक्क कर्णाली' सोमबार प्लाटफर्मबाट अचानक अलप भएको छ।
  • गजुरेलले आफ्नो फेसबुक पृष्ठबाट गीत अलप भएको जानकारी दिँदै 'म कारण बुझिनँ, तपाईं बुझ्नुहुन्छ कि ! ?' लेखेका छन्।
  • गीतलाई ५० लाखभन्दा धेरै पटक हेरिएको थियो र यो मनोजको फेसबुकमा सबैभन्दा धेरै हेरिने भिडियो थियो।

काठमाडौं । कलाकार मनोज गजुरेलले फेसबुकमा पोस्ट गरेको जागरण गीत ‘जुरुक्क कर्णाली’ सोमबार प्लाटफर्मबाट अलप भएको छ । तत्कालिन सरकारले सोसल मिडिया बन्द गर्ने तयारी गरिरहँदा यो गीतले निकै चर्चा पाएको थियो ।

रेकर्डेड नभएर स्टेज कार्यक्रममा गाइएको उक्त गीतलाई सबैभन्दा पहिला गजुरेलले फेसबुकमा पोस्ट गरेका थिए । भाइरल बनेपछि अन्य सोसल मिडिया प्लाटफर्ममा पनि ब्यापक सेयर भयो ।

आफ्नो फेसबुक पृष्ठबाट गीत अलप भएको जानकारी दिँदै गजुरेलले लेखेका छन्, ‘ हरायो । आस्था राउत र साथीहरुले गाएको ‘जुरुक्क कर्णाली’ गीत जुन मेरो फेसबुकमा धेरै पटक हेरिएको थियो । आज पेजबाट अकस्मात अलप भएको छ । कारण मैंले बुझिनँ, तपाईं बुझ्नुहुन्छ कि ! ?’

गजुरेलले उक्त पोस्टमा उक्त गीतकी गायिका आस्था राउतलाई मेन्सन गरेका छन् । गजुरेलका अनुसार उनको पेजमा मात्र उक्त गीतलाई ५० लाखभन्दा धेरै पटक हेरिएको थियो । त्यो गीत मनोजको फेसबुकमा सबैभन्दा धेरै हेरिने भिडियो समेत थियो ।

‘गीत अचानक गायब भयो । कारण मैले बुझिरहेको छैन । फेसबुकलाई कारण सोध्छौं’ गीत गायब भएको बारे गजुरेलले अनलाइनखबरसँग भने ।

‘जुरुक्क कर्णाली’ कार्यक्रममा दिइएको प्रस्तुतिलाई काटेर गजुरेलले फेसबुकमा पोस्ट गरेका थिए । यो गीतको म्युजिक भिडियो समेत अहिलेसम्म बनेको छैन । जुम्ला जन्मे हुर्केका जनस्वास्थ्यकर्मी माधव चौलागाईंले गीत रचना गरेका थिए ।

कर्णालीको परिवेशबाट टिपिएका कठिन र नयाँ शब्दलाई बुनेर गीत तयार पारिएको थियो । गीतको लिरिक्स र लयको सबैले प्रशंसा गरेका थिए । यो गीतको स्टेज प्रस्तुतिको भिडियो अहिले पनि युट्युबमा भने भेटिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?