+
+
Shares

निर्वाचन आयोगमा मतदाताका २ हजार ४ सय बढी प्रश्न संकलन

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २८ गते १९:१९

२८ माघ, काठमाडौं । निर्वाचन आयोगमा मतदाताका २ हजार ४ सय बढी प्रश्न संकलन भएको छ ।

मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा तथा प्रश्नहरूको सुनुवाइका लागि भनेर निर्वाचन आयोगले कल सेन्टर सञ्चालनमा ल्याएको छ । यही माघ ५ गतेदेखि सञ्चालनमा आएको कलसेन्टरमा मतदाताका २४ सय बढी प्रश्न संकलन भएका हुन् ।

निर्वाचनसँग सम्बन्धित विषयमा अलमल भए वा कुनै प्रश्न रहे नि:शुल्क टोल–फ्री नम्बर ११०२ मा कल गर्न सकिन्छ । कल गरेर राखिएका जिज्ञासा र प्रश्नको संख्या २४ सय नाघेको हो ।

निर्वाचन आयोगका सहसचिव एवं प्रवक्त नारायणप्रसाद भट्टराईका अनुसार मतदाता नामावलीसँग सम्बन्धित जिज्ञासा र प्रश्नको संख्या नै एक हजार २४६ छ । मतदाता शिक्षाबारे ८८, निर्वाचन आचारसंहिताबारे २३२ वटा जिज्ञासा तथा प्रश्न संकलित छन् । २४७ वटा त भ्वाइस मेल नै छ । अन्य ५८७ वटा जिज्ञासा तथा प्रश्न रहेका छन् ।

मतदाता नामावली र मतदाता शिक्षाबारे आएका जिज्ञासा र प्रश्नहरूको सम्बोधन स्वयमसेवकहरूले समेत गर्नेछन् । निर्वाचन आयोगले मतदाता शिक्षा विशेष कार्यक्रमका लागि देशभरका सबै वडामा एक/एक जना स्वयमसेवक समेत खटाउँदैछ ।

आगामी फागुन ३ गतेदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?