+
+
Shares

११ उपमहानगरमध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल अगाडि

सबैभन्दा अगाडि ६४.४४ अंकसहित बुटवल छ । सबैभन्दा कमजोर इटहरी उपनगरपालिका छ । इटहरीले ३८.९६ अंकमात्र पाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ माघ २९ गते १६:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरिका ११ उपमहानगरपालिकाको कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहानगरपालिका सबैभन्दा अगाडि रहेको नतिजा सार्वजनिक गरेको छ।
  • बुटवलले ६४.४४ अंक प्राप्त गरी सबैभन्दा अगाडि रहँदा इटहरी उपमहानगरपालिकाले ३८.९६ अंक पाएको छ।
  • मूल्यांकनमा बजेट सार्वजनिक गर्ने समय, राजस्व परिचालन, विद्यार्थी भर्ना दर, एसईई नतिजा लगायत १७ सूचक समावेश गरिएका छन्।

२९ माघ, काठमाडौं । देशभरिका ११ उपमहानगरपालिकामध्ये कार्यसम्पादन मूल्यांकनमा बुटवल उपमहागरपालिका सबैभन्दा अगाडि देखिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले बिहीबार कार्यसम्पादन मूल्यांकन नतिजा सार्वजनिक गरेको छ । जस अनुसार सबैभन्दा अगाडि ६४.४४ अंकसहित बुटवल छ । सबैभन्दा कमजोर इटहरी उपनगरपालिका छ । इटहरीले ३८.९६ अंकमात्र पाएको छ ।

दाङका दुई उपमहानगरमध्ये तुल्सीपुरले ६१.५३ र घोराहीले ६१.०८ अंक पाएको तथ्यांक छ । धरान उपमहानगरले ४९.७६ अंक पाएको देखिन्छ ।

कुन उपमहानगरपालिकाले कति पाए अंक ?

बुटवल : ६४.४४

तुल्सीपुर : ६१.५३

घोराही : ६१.०८

धनगढी : ५६.६०  

नेपालगञ्ज : ५६.४५

हेटौंडा : ५४.१३

जनकपुर : ५१.५८

धरान ४९.७६

कलैया : ४९.५७

जीतपुर सिमरा : ४८.३९

इटहरी : ३८.९६

आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको उल्लेख छ ।

यसैगरी आव २०८१/८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे/नगरेको समेत मूल्यांकनको सूचक मानिएको छ ।

आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए/नबुझाएको, बजेट समीक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे/नगरेकोलाई समेत सूचक मानिएको छ ।

यसबाहेक राजस्व परिचालन, बजेट खर्चको अवस्था, बेरुजु, सूत्र सफ्टवेयर प्रयोग, विद्यार्थी भर्ना दर, कक्षा ९ मा विद्यार्थी टिकाउ दर, गर्भ जाँच गर्ने महिला अनुपात, एसईई परीक्षा नतिजा, खोप लगाएका बालबालिका अनुपात समेत आयोगले मूल्यांकनका आधार मान्ने गरेको छ । देशभरि ८० अंक कटाउने स्थानीय तह भने ४ वटामात्र छन् । जसमा अधिकांश पश्चिम नेपालका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?