+
+
Shares

बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ बालबालिका घाइते

खेमराज गौतम खेमराज गौतम
२०८२ माघ २९ गते १८:२४

२९ माघ, बागलुङ । बागलुङमा स्कुल भ्यान दुर्घटना हुँदा २४ बालबालिका घाइते भएका छन् । बागलुङको मध्यपहाडी राजमार्गबाट स्कुल भ्यान खसेको छ ।

बागलुङ नगरपालिका–१ रामरेखामा संचालित न्यू एभरेष्ट एकेडेमी स्कुलको विद्यार्थी बोकेको भ्यान लोकमार्गदेखि रात्माटा जाँदै गर्दा दुर्घटना भएको हो ।

बागलुङ नगरपालिका–३ स्थित नेपाल भाषा मंका खल बागलुङको भवन नजिकै ग ३ च ८६२१ नम्बरको भ्यान दुर्घटना भएको हो ।

दुर्घटनमा २४ जना विद्यार्थी घाइते भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिए । घाइतेको उद्धार गरी धौलागिरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लोकमार्गबाट अन्दाजी ५० मिटर तलको शिवधारचोक जाने सडकमा भ्यान खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?