+
+
Shares

‘पीआर’ पछि अर्को फिल्म पनि अस्ट्रेलियामा निर्देशन गर्दै बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते १३:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक शोभित बस्नेतले अस्ट्रेलियामा छायांकन हुने नयाँ फिल्म 'अनटाइटल' निर्देशन गर्ने पक्का भएको छ।
  • फिल्मको ६० प्रतिशत छायांकन अस्ट्रेलिया र ४० प्रतिशत नेपाल जुम्लामा गरिने तय भएको छ।
  • बस्नेतले २० मार्चदेखि 'कमेडी दरबार' टिमलाई अस्ट्रेलिया टूरमा लैजाने तयारी गरेका छन्।

काठमाडौं । निर्देशक शोभित बस्नेतले एकपछि अर्को फिल्मलाई अस्ट्रेलियामा बनाउने भएका छन् । अस्ट्रेलियामै छायांकन गरिएको र कथावस्तु उतैको समेटिएको फिल्म ‘पीआर’ पछि अर्को एक नयाँ फिल्ममा जुटेका छन् ।

त्यहाँका गैरआवासीय नेपाली कृष्ण थापाको प्रस्तुतिमा बन्न लागेको ‘अनटाइटल’ फिल्मलाई बस्नेतले निर्देशन गर्ने पक्का भएको छ । यो फिल्मका निर्मातासँग बस्नेतको लिखित समझदारी भएको छ ।

केही दिनमा फिल्मको औपचारिक घोषणाको तयारी छ । निर्देशनसहित फिल्मको पटकथा पनि बस्नेत स्वयमको हुनेछ । कार्यकारी निर्मातामा नवीन घायल र सह-निर्मातामा हिमाल भण्डारी छन् ।

सौरभ लामाको छायांकन र हिमाल केसीको एक्सन कोरियोग्राफी हुनेछ । ६० प्रतिशत छायांकन अस्ट्रेलिया र ४० प्रतिशत नेपालको जुम्लामा गरिने तय भएको छ । कलाकार तथा अन्य प्राविधिक टिम भने केही दिनमै तय गरिने भएको छ ।

अर्कोतर्फ, बस्नेतले २० मार्चदेखि टिभी कार्यक्रम ‘कमेडी दरबार’ को टिमलाई एक महिनाको लागि अस्ट्रेलिया टूरमा लैजाने तयारी गरेका छन् । सो टुर सकिएलगत्तै फिल्मको छायांकन सुरु हुने जनाइएको छ ।

बस्नेतले हालै निर्देशन गरेको फिल्म ‘पीआर’ को केही कलाकार नयाँ फिल्ममा दोहोरिन सक्ने सम्भावना छ । फिल्ममा दुई नायक र दुई नायिका पात्र हुनेछन् । कास्टिङ हुन बाँकी छ ।

पछिल्लो समय अस्ट्रेलियाली डायस्पोरा नेपाली फिल्मको ठूलो बजार बनेको छ । फिल्मले लोभलाग्दो कमाइ गर्न थालेका छन् । पछिल्लो दशकमा त्यहाँ नेपाली र नेपालीभाषी समुदायको बसोबास बाक्लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?