+
+
Shares

जब मुम्बई विश्वविद्यालयले नसीरुद्दीन शाहलाई कार्यक्रममा बोलाएर निम्तो रद्द गर्‍यो

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन १ गते १६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेता नसीरुद्दीन शाहले मुम्बई विश्वविद्यालयको \'जश्न-ए-उर्दू\' कार्यक्रममा निम्तो रद्द गरिएकोमा कडा आपत्ति जनाएका छन्।
  • शाहले विश्वविद्यालयका वरिष्ठ अधिकारीले आफूलाई देशविरुद्धको बयान दिने व्यक्ति भनी निम्तो रद्द गरिएको खुलासा गरेका छन्।

प्रख्यात अभिनेता नसीरुद्दीन शाह र मुम्बई विश्वविद्यालयबीच निम्तो रद्दको विषयलाई लिएर विवाद सुरु भएको छ । विश्वविद्यालयले एक कार्यक्रममा मुख्य अतिथिका रूपमा बोलाएर अन्तिम समयमा अपमानजनक ढंगले निमन्त्रणा फिर्ता लिएको भन्दै अभिनेता शाहले कडा आपत्ति जनाएका हुन् ।

अंग्रेजी अखबार इन्डियन एक्सप्रेसमा एक लेख लेख्दै शाहले मुम्बई विश्वविद्यालयको उर्दू विभागले आयोजना गरेको ‘जश्न-ए-उर्दू’ कार्यक्रमका लागि आफूलाई फेब्रुअरी १ मा बोलाइएको तर अघिल्लो रात बिना कुनै ठोस कारण निम्तो रद्द गरिएको खुलासा गरेका छन् । विश्वविद्यालयले आफू नआउने जानकारी दर्शकलाई दिएर झुटो बोलेको र चोटमा नुन छर्कने काम गरेको उनको आरोप छ ।

उनले लेखेका छन्, ‘विश्वविद्यालयका एक वरिष्ठ अधिकारीले म देशको विरुद्धमा खुला बयान दिने व्यक्ति भएकाले निम्तो रद्द गरिएको बताएका रहेछन् । म चुनौती दिन्छु, मेरो कुनै एउटा यस्तो बयान देखाउनुहोस् जहाँ मैले देशलाई नीच देखाएको होस्’

शाहले आफ्नो लेखमा वर्तमान राजनीतिक नेतृत्व र सत्ताको आलोचना गर्दै देशमा घृणाको वातावरण बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले नागरिक चेतनाको कमी, इतिहासको पुनर्लेखन र विद्यार्थी कार्यकर्ताहरूलाई बिना मुद्दा हिरासतमा राख्ने प्रवृत्तिको आलोचना गर्दै वर्तमान स्थितिलाई जर्ज अर्वेलको उपन्यास ‘१९८४’ सँग तुलना गरेका छन् ।

यता, मुम्बई विश्वविद्यालयले भने एक विज्ञप्ति जारी गर्दै यस विवादमा आफ्नो संलग्नता अस्वीकार गरेको छ । विश्वविद्यालयका अनुसार उक्त कार्यक्रम ‘बज्म-ए-अहबाब फाउन्डेसन’ले आयोजना गरेको हो । त्यसमा अतिथि चयन वा निमन्त्रणा रद्द गर्ने कार्यमा उर्दू विभागको कुनै भूमिका नभएको विश्वविद्यालयको भनाइ छ ।

अहिले यस घटनालाई लिएर सामाजिक सञ्जालमा बौद्धिक वर्ग र अधिकारकर्मीहरूबीच कडा टिप्पणी भइरहेको छ । यद्यपि सीरुद्दीन शाह यसअघि पनि आफ्ना स्पष्ट र कतिपय विवादास्पद बयानका कारण पटक-पटक चर्चामा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?