+
+
Shares

मानव अधिकार आयोगद्वारा निर्वाचन सुरक्षाबारे सुरक्षा निकायसँग छलफल

आयोगका अनुसार छलफलमा निर्वाचनका क्रममा मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा खटिने कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्ने विषयमा केन्द्रित छलफल भएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ४ गते १७:४७

४ फागुन, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा तयारीबारे सुरक्षा निकायसँग छलफल गरेको छ । सोमबार मानव अधिकार संरक्षणका विषयमा चार वटै सुरक्षा निकायका प्रमुख तथा पदाधिकारी बोलाएर आयोगले छलफल गरेको हो ।

आयोगका अनुसार छलफलमा निर्वाचनका क्रममा मतदाता, उम्मेदवार, पर्यवेक्षक, अनुगमनकर्ता तथा खटिने कर्मचारीहरूको सुरक्षा सुनिश्चित गर्ने विषयमा केन्द्रित छलफल भएको थियो । आयोगका अध्यक्ष तपबहादुर मगरले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन सुरक्षा प्रमुखसँग आग्रह गरेका थिए ।

सुरक्षा निकायका प्रमुखहरूले आवश्यक सामग्रीमा केही कमी भए पनि उच्च मनोबलका साथ निर्वाचन सम्पन्न गराउने तयारी भइरहेको जानकारी दिएका थिए ।

बैठकमा आयोगका पदाधिकारीहरूसहित नेपाली सेनाका रथी, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्कीको उपस्थिति रहेको थियो ।

आयोगले निर्वाचन सुरक्षाका लागि आवश्यक सञ्चार, सुरक्षा तथा यातायातलगायत सामग्रीहरूको यथोचित व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?