+
+
Shares

निर्वाचन सुरक्षा : स्याङ्जामा इजाजतप्राप्त हतियार बुझाउन अटेरी

हरेक निर्वाचनमा सुरक्षा जोखिम न्यूनीकरणका लागि हतियार खरखजाना ऐन २०१९ अनुसार इजाजतप्राप्त हतियार अस्थायी रूपमा प्रहरीमा बुझाउने प्रावधान छ । निर्वाचन सकिएलगत्तै सम्बन्धित व्यक्तिले आफ्नो हतियार फिर्ता लैजान पाउँछन् ।

रामबहादुर रोकाहा रामबहादुर रोकाहा
२०८२ माघ २३ गते ९:५४

२३ माघ, स्याङ्जा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलक्षित गर्दै जिल्ला प्रशासन कार्यालय(जिप्रका) स्याङ्जाले इजाजतप्राप्त हातहतियार बुझाउन दिएको निर्देशन धेरैले बेवास्ता गरेका छन् । तोकिएको समयभित्र ११८ थान इजाजतप्राप्त हतियारमध्ये ३६ थानमात्रै प्रहरी तथा प्रशासनसमक्ष बुझाइएका छन् ।

जिप्रकाले १५ दिने सूचना जारी गर्दै माघ २० गतेभित्र हतियार बुझाउन आग्रह गरेको थियो । सूचना जारी भएपछि ११ थान राइफल, ११ थान सटगन, १२ थान भरुवा र दुई थान अन्य हतियार प्रहरीसमक्ष बुझाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रशन्नराज चौधरीले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अपधिकारी प्रेम सुवेदीका अनुसार जिप्रकाबाट इजाजत लिएका हातहतियारको संख्या ११८ छ । त्यसमा २० थान राइफल, ५६ थान सटगन, १९ थान भरुवा र अन्य २३ थान हतियार दर्तामा छन् ।
जिप्रकाकाअनुसार हतियार नबुझाउनेका हकमा अब जिल्ला सुरक्षा समितिले आवश्यक निर्णय गर्नेछ ।

हरेक निर्वाचनमा सुरक्षा जोखिम न्यूनीकरणका लागि हतियार खरखजाना ऐन २०१९ अनुसार इजाजतप्राप्त हतियार अस्थायी रूपमा प्रहरीमा बुझाउने प्रावधान छ । निर्वाचन सकिएलगत्तै सम्बन्धित व्यक्तिले आफ्नो हतियार फिर्ता लैजान पाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?