+
+
Shares

पूर्वमन्त्री जितेन्द्रनारायण देव फेरि कांग्रेसमा

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ५ गते १०:५२

५ फागुन, काठमाडौं । नेकपा एमाले परित्याग गरेका पूर्वमन्त्री जितेन्द्रनारायण देव नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

सप्तरीको राजविराजस्थित कांग्रेस पार्टी कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा उनी कांग्रेस प्रवेश भएका हुन् ।

जिल्ला सभापति रामदेव साह, उपसभापति रामकुमार यादव, सचिव सन्तकुमार मण्डल र राष्ट्रियसभा सदस्य रञ्जित कर्णले देवलाई फूलमाला तथा अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।

पार्टी प्रवेशपछि नेता देवले गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै विशेष महाधिवेशनको नवीन नीति आत्मसात् गरेको बताए ।

विद्यार्थीकालदेखि राजनीतिमा सक्रिय देवले एमाले र मधेसी जनअधिकार फोरम लोकतान्त्रिक हुँदै कांग्रेसको राजीनति गरेका थिए ।

संविधान सभा सदस्य एवम् पूर्वमन्त्री देवले गत माघ १९ मा एमाले परित्याग गरेका थिए । त्यसअघि असार २०८१ मा कांग्रेस छाडेर एमालेमा गएका थिए ।

उनी कांग्रेसबाट राष्ट्रियसभा सदस्य पनि बनेका थिए । फोरम लोकतान्त्रिक कांग्रेसमा विलय भएपछि नेता देव कांग्रेसको राजनीतिमा सक्रिय बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?