News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा आभा एफसी चौथो टोलीको रुपमा पुगेको छ।
- मनाङ मर्स्याङ्दी क्लब र सहारा क्लबबीच पहिलो सेमिफाइनल बुधबार हुनेछ भने आभा एफसी र जावलाखेल युथ क्लबबीच दोस्रो सेमिफाइनल बिहीबार हुनेछ।
- गोल्डकपको विजेताले १४ लाख र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
५ फागुन, काठमाडौं । पोखरामा जारी २५औं आहा रारा पोखरा गोल्डकपको सेमिफाइनल समिकरण पूरा भएको छ ।
पोखरा रंगशालामा सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलमा प्लानिङ ब्वाइज युनाइटेडलाई १–० ले पराजित गर्दै उज्वेकिस्तानको आभा एफसी चौथो टोलीको रुपमा सेमिफाइनलमा पुगेको हो ।
आभाको जितमा उमिड्जोन कारालोभले गोल गरे । उनले खेलको ५६औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
मनाङ मर्स्याङ्दी क्लब, आयोजक सहारा क्लब पोखरा र जावलाखेल युथ क्लबले यसअघि नै सेमिफाइनलमा स्थान बनाइसकेका थिए ।
पहिलो सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लब र सहारा क्लब भिड्नेछन् । उक्त खेल बुधबार हुनेछ । दोस्रो सेमिफाइनल खेल आभा एफसी र जावलाखेलबिच बिहीबार हुनेछ ।
फाइनल खेल शनिबार हुनेछ । सहारा क्लबको आयोजनामा माघ २७ गतेबाट सुरु भएको गोल्डकपमा १२ टोलीले सहभागिता जनाएका छन् ।
गोल्डकपको विजेताले १४ लाख र उपविजेताले ७ लाख १ हजार रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया 4