+
+
Shares

उपत्यकामा निर्वाचन प्रहरीको गस्ती (तस्वीरहरू)

आर्यन धिमाल आर्यन धिमाल
२०८२ फागुन ५ गते १८:२५

५ फागुन, काठमाडौं । काठमाडौं उपत्यकामा निर्वाचन प्रहरीले गस्ती (ड्यूटी) सुरु गरेका छन् ।

२१ फागुनको प्रतिनिधि सभा निर्वाचनका लागि भर्ना गरिएका निर्वाचन प्रहरी अहिले सडकमा निस्केर गस्ती सुरु गरेका छन् । यसअघि शिवरात्रीको अवसरमा पशुपति क्षेत्रमा पनि निर्वाचन प्रहरी खटिएका थिए ।

१० दिन तालिम दिएर उनीहरूलाई ड्युटीमा खटाइएको छ । एक साताअघि नै निर्वाचन प्रहरीको तालिम सकिएको थियो । तर बन्दोबस्तीका सामान (लौरो, सिट्टी, पोशाक, जुत्ता) हरू तयारी नभएका कारण फिल्डमा उत्रन ढिलाई भएको थियो ।

अहिले बन्दोबस्तीका सामानहरू समेत तयार भइसकेकाले ड्युटीमा खटिएका छन् । आगामी निर्वाचनमा ३ लाख ३३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुँदैछन् । नेपाली सेना मात्रै ७९ हजार ७२७ जना परिचालन हुन्छन् । नेपाल प्रहरी ७५ हजार ५९७ जना परिचालन हुन्छन् । प्रहरीमातहत नै रहने गरी १ लाख ३० हजार ९८० निर्वाचन प्रहरी परिचालन हुन्छन् ।

३४ हजार ५७६ सशस्त्र प्रहरी निर्वाचनमा परिचालन हुन्छन् । सशस्त्र प्रहरी मातहत नै रहनेगरी १५ हजार ११० निर्वाचन प्रहरी परिचालन हुन्छन् ।

त्यस्तै १ हजार ९२१ गुप्तचर पनि परिचालन हुन्छन् । चारै वटा सुरक्षा निकाय र निर्वाचन प्रहरी समेत गरेर ३ लाख ३३ हजार ९८० सुरक्षाकर्मी निर्वाचनमा खटिन्छन् ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?