५ फागुन, काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले ९० हजार मतपेटिकाको व्यवस्था गरेको छ । २३ हजार ११२ मतदान केन्द्रका लागि ९० हजार मतपेटिकाको व्यवस्था गरिएको आयोगले जनाएको छ ।
आयोगका अनुसार काठमाडौं र ललितपुरका मतदान केन्द्रका लागि आवश्यक मतपेटिका आयोगको केन्द्रीय कार्यालयमै राखिएको छ । बाँकी जिल्लाहरूमा भने मतपेटिका पुगिसकेको आयोगले जनाएको छ ।
चितवनमा भदौ २४ गतेको आगजनीमा मतपेटिका जलाइएको थियो । त्यहाँ आयोगले दुई हजार ५०० थान मतपेटिका पठाइएको छ ।
अन्य जिल्लामा २०७९ सालमै पठाइएको मौज्दातबाटै मतपेटिकाको व्यवस्था भएको आयोगका सहायक प्रवक्ता प्रकाश न्यौपानेले बताए । –रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4