५ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आसन्न प्रतिनिधिसभा निर्वाचन भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउनु प्रदेश सरकार मातहतका निकायको पनि दायित्व रहेको बताएका छन् । मुख्यमन्त्री शाहले मंगलबार प्रदेश सरकारका मन्त्री, कर्मचारी नेतृत्व र प्रदेशस्थित चारवटै सुरक्षा निकायका प्रमुखसँग बैठक बसेर निर्वाचन सफल बनाउन भूमिका खेल्न निर्देशन दिएका हुन् ।
‘निर्वाचन सफल रूपमा सम्पन्न गराउनु प्रदेश सरकारको समेत जिम्मेवारी हुन्छ । त्यसै सबैले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्छ,’ बैठमा मुख्यमन्त्री शाहले भने, ‘संघीय सरकारले निर्वाचन गराउन राज्यका सबै संयन्त्र परिचालन गरिसकेको अवस्थामा प्रदेश सरकारको तर्फबाट आवश्यक समन्वय र सहयोग गरौँ ।’
बैठकले फागुन ७ गतेको प्रजातन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय पनि गरेको छ । प्रजातन्त्र दिवस मनाउन मुख्यमन्त्री शाहको अध्यक्षतामा समिति गठन गरिएको छ ।
प्रतिक्रिया 4